चितवन, १८, मंसिर

माओवादी र बाँदरमुढे घटनाका पीडित बीच तीन बुँदे सम्झौता भएको छ । आइतबार पीडित परिवारका २९ जना र माओवादी अध्यक्ष प्रचण्डले सम्झौता गरेका हुन् । "/>

प्रचण्डको बाँदरमुढे घटनाका पीडितसँग सम्झौता

प्रचण्डको बाँदरमुढे घटनाका पीडितसँग सम्झौता


चितवन, १८, मंसिर

माओवादी र बाँदरमुढे घटनाका पीडित बीच तीन बुँदे सम्झौता भएको छ । आइतबार पीडित परिवारका २९ जना र माओवादी अध्यक्ष प्रचण्डले सम्झौता गरेका हुन् । मृतकका आश्रित परिवारका काम गर्न सक्नेलाई रोजगारीको व्यवस्था, नसक्नेका लागि जीवनवृत्ति र बालबालिकाको पठनपाठनको व्यवस्था गर्ने सम्झौतामा उल्लेख छ । त्यस्तै घाइतेका लागि औषधोपचारको व्यवस्था, काम गर्न सक्नेलाई रोजगार र स्वरोजगार, नसक्नेलाई जीवनवृत्तिको व्यवस्था रहेको छ । बाँदरमुढे घटनास्थलमा मृतकको सम्झनामा १० बिघा जग्गामा स्मारक, चिडियाखाना, नमुना संग्रहालय बनाउने लिखित सहमति भएको छ ।

पीडित परिवारको आर्थिक क्षति, उपचार खर्च र बालबालिकाको शिक्षा खर्चका विषयमा माग सम्बोधनका लागि घटना पीडित परिवारबाट तीन जना, माओवादीबाट तीन जना र एक जना नगरपालिकाको प्रतिनिधि रहने गरी समिति बनाइने भएको छ ।
नयाँपत्रिकाबाट

Logo