२३ असार २०७९ बिहीबार
1
1
1
1

0 Shares

एक सय ४४ मेट्रिक टन चिनी नेपालगन्ज भन्सारमा रोकियो

1
1
1
1

काठमाडौँ

सरकारले भारतबाट चिनी आयातमा प्रतिबन्ध लगाएपछि एक सय ४४ मेट्रिक टन चिनी तीन साता देखि नेपालगन्ज भन्सारमा रोकिएको छ । व्यापारीले दसैँ र तिहारलाई लक्षित गरी ल्याएको चिनी भन्सारमै रोकिएको हो ।

मन्त्रिपरिषद बैठकले गत ३१ भदौमा भारतबाट चिनी आयात नगर्ने निर्णय गरेपछि साबिकका मध्य र सुदूरपश्चिमका लागि ल्याइएको चिनी नेपालगन्ज भन्सार कार्यालयमा थन्किएको हो । सरकारले भारतबाट आएको चिनी आयात नगर्ने निर्णय गरेको भोलिपल्ट व्यापारीको चिनी नेपालगन्ज आइपुगेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले बताए ।

उनले मन्त्रिपरिषद्को निर्णयपछि चिनी आएकाले भन्सार गर्न नसकेको बताए । ‘सरकारले निर्णय गर्नु भन्दा अगाडि नै व्यापारीले भारतमा चिनी खरिद गरेर ट्रान्सपोर्टमा हालेको हुनुपर्छ, तैपनि चिनी आइपुग्नु भन्दा पहिले नै सरकारले आयात नगर्ने निर्णय गरिसकेकाले भन्सार गर्न मिलेन,’ उनले भने ।

सरकारले भारतबाट चिनी ल्याउन रोक लगाए पनि नेपालगन्जमा प्रशस्त चिनी मौज्दात रहेको व्यापारीले बताएका छन् । नेपालगन्ज वितरण संघका अध्यक्ष अमित बस्नेतले दसैँ र तिहारलाई पुग्ने चिनी नेपालगन्जमा मौज्दात रहेको बताए ।
नयाँ पत्रिकाबाट

प्रकाशित: २४ असोज २०७५ ०८:१३ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी