च्याम्पियन्स लिगमा युभेन्टस विजयी

च्याम्पियन्स लिगमा युभेन्टस विजयी


इटालियन च्याम्पियन युभेन्टसले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार हंगेरीको फेरेन्कभारोसलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको छ ।

खेलको सातौं मिनेटमा नै पाहुना टोली युभेन्टसले मोराटाको गोलमा अग्रता लियो । खेलको ६० औं मिनेटमा मोराटाले दोस्रो गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे । रोनाल्डोले बायाँ विंगबाट दिएको पासलाई उनले पहिलो टचमा नै गोलमा परिणत गरेका थिए ।

७२ औं मिनेटमा डिबालाले गोल गरे । आफ्नै डिफेन्डरले दिएको पासलाई गोलरक्षक डेनेस दिबुस्जले पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिन नसक्दा डिबालाले खालि पोस्टमा गोल गर्न पुगेका थिए ।

८२ औं मिनेटमा गोलरक्षक दिबुस्जले अर्को गल्ति गर्दा डिबालाले अर्को गोल थप्ने अवसर पाए । अन्तिम मिनेटमा फ्रान्क बोलीले घरेलु टोलीका लागि सान्त्वना गोल गरेका थिए ।

यस जितसँगै युभेन्टसले समूह चरणमा दोस्रो स्थानमा कायम छ । शीर्षस्थानको बार्सिलोनाको ३ खेलमा ९ अंक छ भने दोस्रो स्थानको युभेन्टसको ६ अंक छ ।

Logo