१२ असोज २०७९ बुधबार
1
1
1
1

0 Shares

फलफूल आयात ६० प्रतिशतले बढ्यो

1
1
1
1

काठमाडौँ

सरकारले कृषिजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर बन्ने घोषणा गरिरहँदा चालु आर्थिक वर्षमा फलफूल आयात ६० प्रतिशतले वृद्धि भएको छ । गतवर्षको पहिलो ६ महिनामा दुई अर्ब ९० करोड ६ लाख रुपैयाँको फलफूल आयात भएकोमा चालु आर्थिक वर्ष ०७५/७६को सोही अवधिमा फलफूल आयात बढेर चार अर्ब ६७ करोड ४० लाख रुपैयाँको पुगेको छ ।

सबैभन्दा धेरै स्याउ, केरा, सुन्तला, आँप लगायतका फलफूल विदेशबाट आयात हुन्छ । फलफूल उत्पादन वृद्धि गर्न नसक्दा आयात बढेको हो । मुलुकमा एक लाख २६ हजार नौ सय ३४ हेक्टर क्षेत्रफलमा फलफूल खेती हुँदै आएको कृषि मन्त्रालयले जनाएको छ । यहाँ वार्षिक १० लाख ४० हजार मेट्रिक टन फलफूल उत्पादन हुन्छ । यहाँको मागले नधानेपछि गतवर्ष चार लाख १४ हजार मेट्रिक फलफूल आयात भएको थियो ।

राष्ट्रिय फलफूल विकास केन्द्रका प्रमुख रमिता मानन्धर नेपालीमा फलफूल खानेको संख्या बढेकाले पनि आयात बढेको बताउँछिन् । बजारको माग अनुसार उत्पादन हुन नसकेको उनले बताइन् । ‘फलफूलको माग बढ्दै गएको छ,’ उनले भनिन्, ‘उत्पादन वृद्धि हुन सकेन ।’ प्रतिव्यक्ति एक दिनमा एक सय ग्राम फलफूल प्रयोग गर्नुपर्छ । एक जनाले वार्षिक ३६ किलो फलफूल उपभोग गर्नुपर्छ भन्ने मान्यता रहेको छ ।
नागरिकबाट

प्रकाशित: ८ फागुन २०७५ ०७:५६ बुधबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी