1
1
1

0 Shares

एनओसी लेटर लिने विद्यार्थी बढे

1
1

काठमाडौँ

पछिल्ला दुई वर्ष अवधिमा विदेशमा उच्च शिक्षा अध्ययन गर्न जान नो अब्जेक्सन लेटर (एनओसी) लिने विद्यार्थीको संख्या एक लाख नाघेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखामा उच्च शिक्षा अध्ययन गर्न विदेश जाने विद्यार्थीको दैनिक भीड लाग्ने गरेको छ । एनओसी शाखाका अधिकृत बमशेर राईका अनुसार अचेल दैनिक तीन सय हाराहारीमा विद्यार्थीले एनओसी लेटर लिने गरेका छन् ।

शिक्षा मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष ०६९–०७० मा कुल १६ हजार ५ सय ४ विद्यार्थीले एनओसी लिएका थिए भने यो संख्या ०७०–०७१ मा वृद्धि भएर २८ हजार १ सय २६ पुग्यो । यसैगरी ०७१–०७२ मा सो संख्यामा वृद्धि भई ३० हजार ६ सय ९६ पुग्यो । आर्थिक वर्ष ०७२–०७३ मा आइपुग्दा एनओसी लिन जाने विद्यार्थीको संख्या ३२ हजार ४ सय ८९ पुगेको थियो ।

आव ०७३–०७४ मा ५० हजार ६ सय ५९ जनाले एनओसी लिएका थिए । त्यसपछि एनओसी लिनेको संख्या तीव्र बढेको अधिकृत राई बताउँछन् । २०७४ वैशाख २ देखि ०७५ माघ २९ सम्म एक लाख १२ हजार ९ सय ५९ विद्यार्थीले एनओसी लिएका छन्। एनओसी शाखाका अनुसार ७७ देशका लागि एनओसी जारी भएको छ ।
नागरिकबाट

प्रकाशित: ८ फागुन २०७५ ०८:५५ बुधबार

1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी