काेकाे भिड्दैछन् आइपिएलकाे प्लेअफमा ?

काेकाे भिड्दैछन् आइपिएलकाे प्लेअफमा ?


इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को प्लेअफ समिकरण पूरा भएको छ । मंगलबार राति लिग चरणको सम्पन्न अन्तिम खेलमा सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सलाई १० विकेटले हराएसँगै प्लेअफ समिकरण पूरा भएको हो । आइपिएल २०२० मा मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स, सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेंगलोरले प्ले अफमा स्थान बनाएका छन् ।

आइपिएलको शीर्ष स्थानमा मुम्बई १४ खेलमा १८ अंकका साथ रह्यो । दिल्ली १४ खेलमा १६ अंकका साथ दोस्रो स्थानमा रह्यो । फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा बिहिबार मुम्बई र दिल्लीबीच प्रतिस्पर्धा हुने छ । दिल्ली र मुम्बईबीचको पहिलो क्वालिफायर बिहिबार दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा हुने छ । विजेता टोली सोझै फाइनलमा पुग्ने छ ।

एलिमिनेटर खेलमा तेस्रो स्थानको हैदराबाद र चौथो स्थानको बेंगलोरबीच शुक्रबार शेख जायद स्टेडियम आबूधाबीमा प्रतिस्पर्धा हुने छ । जसको विजेताले पहिलो क्वालिफायरको पराजित हुने टोली मुम्बई वा दिल्ली मध्य एकसँग फाइनल प्रवेशको लागि आबूधाबीमा आइतबार दोस्रो क्वालिफायर खेल्ने छ । फाइनल मंगलबार दुबईमा हुने छ ।

Logo