गुल्मीमा माइक्रोबस ३ सय मिटर तल खस्यो

गुल्मीमा माइक्रोबस ३ सय मिटर तल खस्यो


केन्द्रबिन्दु सम्बाददाता । काठमाडौँ, १३ कार्तिक ।

गुल्मीको गुल्मीदरबार गाउँपालिका-४ मा माइक्रो दुर्घटना भएको छ। बुटवलबाट तम्घासका लागि छुटेको बा ४ ख ५५०१ नं. को माइक्रोबस दुर्घटनाग्रस्त भएको जनाइएको छ। 

स्थानीयका अनुसार माइक्रोबस भिरबाट करिब ३०० मिटर तल खसेको छ। माइक्रोबसमा चालकसहित १३ यात्रु रहेको बताइएको छ। अहिले त्यहाँ स्थानीय र प्रहरीले उद्धारको काम गरिरहेको छ । 

प्रारम्भिक जानकारी अनुसार माइक्रोबस अर्को गाडीसंग ठोक्किएर दुर्घटना भएको हो। थप विवरण आउन बाँकी छ । 

Logo