काठमाडौँ, १३, कात्तिक
उच्च वायुमण्डलमा न्यून चापीय रेखा (वर्षा गराउने प्रणाली)को विकास भएपछि मुलुकको मध्य, पूर्वी र पश्चिम पहाडी भेगका अधिकांश क्षेत्रको मौसम केहि दिन देखि बदलिएको छ। "/>

आज देखि मौसम सुधार हुने -मौसम विद

आज देखि मौसम सुधार हुने -मौसम विद


काठमाडौँ, १३, कात्तिक
उच्च वायुमण्डलमा न्यून चापीय रेखा (वर्षा गराउने प्रणाली)को विकास भएपछि मुलुकको मध्य, पूर्वी र पश्चिम पहाडी भेगका अधिकांश क्षेत्रको मौसम केहि दिन देखि बदलिएको छ। केही ठाउँमा वर्षा समेत भएपछि चिसो पनि बढेको छ। पूर्वी भेगमा विकास भएको न्यून चापीय रेखाको प्रभाव पूर्वी र मध्य क्षेत्रसम्म फैलिएको छ भने पश्चिमी भेगमा विकास भएको अर्को प्रणाली केही कमजोर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पूर्वी भेगको प्रणाली केही बलियो भएपछि मौसम धुमिएर शनिबार बिहान देखि नै वर्षा गराउने गतिविधि बढेको महाशाखाका अधिकारीहरूले बताए । आइतबार दिनभर पहाडी क्षेत्रका धेरै स्थानमा मेघ गर्जन सहित वर्षा भएको र मौसम धुमिने क्रम जारी रहको महाशाखाका मौसमविद समीर श्रेष्ठले जानकारी दिए । ‘तर धेरै दिन होइन, ठूलो वर्षाको सम्भावना पनि छैन’, उनले भने– ‘सोमबारदेखि पूर्वबाहेक धेरै ठाउँको मौसम सफा हुँदै जानेछ।’ पूर्वी भागको मौसम भने मंगलबारपछि मात्रै खुल्ने श्रेष्ठले बताए । शनिबार काठमाडौं सहित, ओखलढुंगा, ताप्लेजुङ लगायतका क्षेत्रमा हल्का वर्षा भएको थियो भने कतै कतै असिना पानी पनि परेको थियो ।
नेपाल समाचारपत्रबाट

Logo