स्याङ्योङको टिभोली २०१७ मोडल नेपाल भित्रियो

स्याङ्योङको टिभोली २०१७ मोडल नेपाल भित्रियो


काठमाडौं, कार्तिक १२ । स्याङ्योङ टिभोली २०१७ मोडलको नयाँ गाडी नेपाली बजारमा भित्रिएको छ ।

नयाँ स्याङ्योङ टिभोली गाडीमा विभिन्न उपयोगी विशेषता र आकर्षण रहेको छ । यसमा इलेक्ट्रोनिक्स स्टेविलिटी प्रोग्राम, सातवटा एयर व्याग, ६ सेन्सरहरु, एन्टि–लक ब्रेक, भ्यान्टिलेटेड फ्रन्ट सिट, डिक्स ब्रेक र डेटाईम रनिङ्ग ल्याम्प रहेको छ । यसमा रहेको ई–एक्सजिआई १६० इन्जिनले नेपालको वर्तमान् सडक अवस्थालाई हेर्दा सबैपक्षवाट उपयोगि रहेको कम्पनीले जनाएको छ ।

डिजाइन र डेकोरेसनको दृष्टिकोणवाट पनि यो साधन उपयोगी रहेको छ । स्पोर्ट युटीलिटी भेइकल (एसयुभी) मा दिउँसो बत्ति बाल्नका लागि एलइडी डोरनिङ्ग ल्याम्प, फ्रन्ट फगल्याम्प, एलइडी हेडल्याम्प, फाइन्डर रिपिटर र बाहिरी ऐनाहरु, पावर सन रुफ र रुफ रेल पावर जस्ता सुविधाहरु रहेको छ ।

अटोमेटिक गियर बक्स सुविधा भएको स्याङ्योङ टिभोली गाडीको बजार मूल्य ६५ लाख ९९ हजार रहेको छ भने म्यानूयल सेमिलोडेड गाडीको बजार मूल्य ५६ लाख ९९ हजार तोकिएको छ ।

आइएमएस मोटर्सले नेपाल भित्राएको यो एसयूभीमा ६५ प्रतिशत बाईब्याक ग्यारेन्टी एण्ड जिरो सर्भिस कस्ट अफर ल्याएको छ । जिरो सर्भिस कस्ट अफर अन्तर्गत इन्जिन आयल, कूलेट, ब्रेक प्याड (फ्रन्ट र रियर) आयल फिल्टर, ब्रेक आयल, पावर स्टेरिङ्ग, एसि फिल्टर, एयर फिल्टर र फ्युल फिल्टरमा ३ वर्षसम्म शून्य सर्भिस शुल्क लाग्ने छ । यसका अतिरिक्त सार्वजनिक गरिएको अफरमा स्पट एक्सचेन्ज, सहज किस्ताबन्दी, नि:शुल्क एसेसरिज, एक वर्षसम्म सडक कर र दुई वर्षसम्म वा अधिकतम ४० हजार किमि सम्मको वारेन्टी पनि समावेश गरिएको कम्पनीले जनाएको छ ।

Skip This
Logo