धादिङ, १२, कात्तिक
पृथ्वीराजमार्ग अन्र्तगत धादिङको गजुरी गाउँपालिका ५ घाटवेशीस्थित बाङगेघुम्तीबाट त्रिशूली नदीमा खसेको यात्रीबस दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ। "/>

मृतकको संख्या ३१ पुग्यो, २९ को सनाखत

मृतकको संख्या ३१ पुग्यो, २९ को सनाखत


धादिङ, १२, कात्तिक
पृथ्वीराजमार्ग अन्र्तगत धादिङको गजुरी गाउँपालिका ५ घाटवेशीस्थित बाङगेघुम्तीबाट त्रिशूली नदीमा खसेको यात्रीबस दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १६ यात्रु घाइते भएका छन् । हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख १४६७ नम्बरको बसमा अधिकांश सप्तरीका यात्रुहरु थिए ।

सप्तरीबाटै काठमाडौंका लागि छुटेको ना ६ ख १४६८ नम्बरको बस हेटौंडामा आइपुग्दा पट्टा भाँचिएको थियो । बसको पट्टा भाँचिएपछि चालकले हेटौंडाबाट ना ६ ख १४६७ नम्बरको बसमा यात्रु ल्याएका थिए। तिब्र गतिमा गुडाएको बस पृथ्वीराजमार्गबाट अन्दाजी २० मिटर तल सिधै त्रिशूली नदीको तालमा खसेको थियो। बस पानीमा डुबेपछि बसभित्रै च्यापिर यात्रुहरुको मृत्यु भएको दुघर्टना लगत्तै उद्धारमा पुगेका इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बरुण सिंहले जानकारी दिए । पौडी खेलेर बाँच्न सफल १६ जना पनि घाइते भएका छन्। घाइते भएका मध्ये सप्तरी राजविराज ६ का दुर्गानन्द चौधरी र अभिषेक चौधरीको अवस्था गम्भीर छ। गम्भीर घाइतेलाई गजुरी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि काठमाडौं स्थित ट्रमा सेन्टरमा पठाइएको गजुरी अस्पतालले जानकारी दिएको छ। बाँकी १४ जनाको भने गजुरी अस्पतालमा नै उपचार भइरहेको छ।
अन्नपूर्णपोष्टबाट

Logo