प्रत्येक जिल्लामा एक हजार भन्दा बढी महिला यौनकर्मी

प्रत्येक जिल्लामा एक हजार भन्दा बढी महिला यौनकर्मी


एसके बैैश्य

काडमाडौँ, कात्तिक १० गते । नेपालको सिमावर्ती जिल्लामा २० हजार भन्दा बढी महिला यौनकर्मी रहेको तथ्य बाहिर आएको छ । ग्लोबल फन्डले हालै गरेको आईबीबीएस (इन्टिग्रेटेड बायोलोजिकल एन्ड बिहेभियरल सर्भिलेन्स) सर्वेक्षणले उक्त तथ्य बाहिर ल्याएको हो ।

यौन व्यवसायमा प्रवेश गर्ने नयाँ युवतीको संख्या प्रतिवर्ष थपिँदै गईरहेको अध्ययनले देखाएको छ । नेपालको सिमावर्ती २० जिल्लामा २० हजार ५ सय ९३ महिला यौनव्यवसायी रहेको उक्त तथ्यले देखाएको छ । उक्त सर्वेक्षणले अधिकांस महिला यौनव्यवसायीले यो पेसा अँगालेको एक वर्ष पनि नभएको देखाएको हो । सर्वेक्षण राजमार्ग लगायत सिमावर्ती जिल्लामा यौनव्यवसायमा संलग्न रहेका यौनकर्मी महिलामा गरिएको थियो ।

यौन व्यवसायमा संलग्नमध्ये ३८ प्रतिशत २० वर्षभन्दा कम उमेरका रहेको सो सर्वेक्षणले दाबी गरेको छ । ६५ प्रतिशतभन्दा धेरै यौनव्यवसायीले पहिलोपटक यौनसम्पर्क गर्दा १५ वर्षभन्दा पनि कम उमेर रहेको समेत सर्वेक्षणले दाबी गरेको छ ।यौनव्यवसायमा संलग्न महिलाको शैक्षिकस्तर निकै कम भएको सर्वेक्षणले देखाएको छ । उनीहरूमध्ये करिब ५२ प्रतिशत निरक्षर छन् । निरक्षर यौन व्यवसायी महिलाले शिक्षाका लागि जीवनमा एकपटक पनि विद्यालयमा पाईला नटेकेको समेत सर्वेक्षणले देखाएको छ । ६ प्रतिशतले मात्र एसएलसी र त्योभन्दा बढी अध्ययन गरेका छन् ।

करिब ५७ प्रतिशत यौनकर्मी विवाहित छन् । १७ प्रतिशत यौनकर्मी महिला कि त डिभोर्स गरेका छन् या त लोग्ने छाडेर बसेका छन् । सिमामा पर्ने अधिकांस जिल्लामा यौन व्यवसाय फस्टाउँदो छ । सिमावर्ती जिल्ला रुपन्देहीमा महिला यौनकर्मीको संख्या सबै भन्दा बढि रहेको छ भने सबै भन्दा कम बर्दियामा रहेको छ । सिमावर्ती जिल्ला झापामा ७४१ , मोरङमा १४३७ ,सुनसरीमा २७२८ ,सप्तरीमा ९४१ , सिरहामा ४५६ , धनुषामा १५७८ , महोेत्तरीमा ९३६ ,सर्लाहीमा ७७० ,रौतहटमा ३७५ महिला यौनकर्मी रहेका छन् । त्यसैैगरि बारामाा ७८७ , पर्सामा १२५८ , चितवनमाा १६१३ , नवलपरासीमा २८४ ,रुपन्देहीमा २२३६ , कपिलबस्तुमा ३९१ ,दाङ्गमा १०७१ ,बाँकेमा १७४० ,बर्दियामा ११६ , कैलालीमा ५३९ र कञ्चनपुरमा ५४९ महिला यौनकर्मी रहेका छन् ।

सिमावर्ती जिल्लामा यौनकर्मी महिलाको संख्या ६ बर्षमा दोब्बर भएकोे सर्भेक्षणले देखाएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विभिन्न दातृ निकायको सहयोगमा गरेको एक सर्भेक्षणले सिमावर्ती जिल्लामा महिला यौनकर्मीको संख्या सन् २०१० को भन्दा दोब्बर भएको पाइएको हो । सन् २०१० मा यौनकर्मीको संख्या करिब १० हजार रहेकोमा सन् २०१७ मा २० हजार भन्दा बढि रहेको सर्भेक्षणले देखाएको छ ।

२०७३ भदौदेखि मंसिरसम्म गरिएको अध्ययनले देशभर १ लाख ११ हजार ८ सय ५२ जना पुरुष यौनकर्मी र २४ हजार १ सय ८५ जना तेस्रोलिङ्गी यौनकर्मी रहेको देखाएको छ । ६ बर्षको अवधिमा यौनकर्मी महिलाको संख्या दोब्बर बढ्नु आश्चर्यको विषय भएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. तरुण पौडेलले बताए ।

Logo