1
1
Kendrabindu - News & Articles from Nepal
1
1
1

0 Shares

उपत्यकामा दैनिक ४० करोड लिटर पानीको माग : १३ करोड लिटर मात्रै आपूर्ति

1
1
1
1
1
1
1
1

काठमाडौं

काठमाडौं उपत्यकामा पानीको कुल मागको एकतिहाइ मात्रै आपूर्ति भइरहेको छ । उपत्यकामा हाल खानेपानीको दैनिक माग ४० करोड लिटर छ । तर सुक्खा मौसममा जम्मा १३ करोड लिटर मात्रै आपूर्ति भइरहेको छ । त्यसको ४० प्रतिशत चुहावट भएर ७ करोड ८० लाख लिटर पानी मात्रै उपभोक्ताको घरसम्म पुग्ने गरेको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का अनुसार हिउँदमा मात्र नभएर वर्षामा पनि पानीको वितरण कम हुने गरेको छ । केयुकेएलले वर्षायाममा समेत जम्मा १६ करोड लिटर वितरण गर्ने गरेको छ ।

खानेपानी वितरणमा ४० प्रतिशत चुहावट रहेको केयुकेएलले जनाएको छ । हाल वितरण भएको मध्ये ५ करोड २० लाख लिटर पानी चुहावट हुने गरेको छ । उपत्यकावासीको घरमा जम्मा ७ करोड ८० लाख लिटर मात्रै पुगिरहेको केयुकेएलका महाप्रबन्धक डा महेशप्रसाद भट्टराईले जानकारी दिए । उनले पुराना पाइप, विकास निर्माण कार्यबाट पुग्ने बाधा, चुहावट नियन्त्रणमा अन्तर निकाय प्राथमिकतामा फरक पर्दा चुहावट नियन्त्रण गर्न नसकिएको तर्क गरे । नयाँ वितरण प्रणालीको विकास गरेपछि मात्रै चुहावट १५ प्रतिशतमा सीमित हुने केयुकेएलको दाबी छ ।

केयूकेयलले अहिले सुन्दरी जल, भक्तपुरको महादेव खोला, फर्मिङ, ललितपुरको चारघरे, मुलडोल, शिवपुरी, विष्णुमती, अल्ले, बौडे, भण्डारे, पाँचमाने, किर्तिपुरकोनौमुले, दुधपोखरी, सिम, जोहाहिटी लगायतका मुहानबाट, ट्युबेल मार्फत भूमिगत पानी उत्पादन र ट्यांकर मार्फत वितरण गर्दै आएको छ ।
नयाँ पत्रिकाबाट

प्रकाशित: १२ फागुन २०७५ ०८:३३ आइतबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी