रौतहट , ५, कात्तिक
मोटरसाईकल चोरलाई पक्राउ गर्ने क्रममा प्रहरी र स्थानीयवासी बीच झडप हुँदा प्रहरीले ११ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । "/>

मोटरसाइकल चोर पक्राउ गर्न खोज्दा स्थानीयवासी र प्रहरीबीच झडप

मोटरसाइकल चोर पक्राउ गर्न खोज्दा स्थानीयवासी र प्रहरीबीच झडप


रौतहट , ५, कात्तिक
मोटरसाईकल चोरलाई पक्राउ गर्ने क्रममा प्रहरी र स्थानीयवासी बीच झडप हुँदा प्रहरीले ११ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । सदरमुुकाम गौर स्थित विद्युत कार्यालय अगाडिबाट चार दिन अघि एउटा मोटरसाईकल चोरी भएको थियो । चोरीमा संलग्न गरुडा नगरपालिका–१ का देवनाथ साहलाई गएराति जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको टोलीले उनको घरबाट पक्राउ गरेको थियो । पक्राउ लगतै साहका आफन्त र गाँउलेले प्रहरीको गाडी माथि ढुुंगामुुढा प्रहार गर्नुका साथै ईप्रका शिवनगरका प्रहरी नायव निरीक्षक मदन ठाकुर माथि हातपात समेत गरेको प्रहरी निरीक्षक केशव रेग्मीले बताए । यस क्रममा भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।
नयाँपत्रिकाबाट

Logo