बाम गठबन्धनमा मिल्यो भागवण्डा, कुन क्षेत्र कसलाई ? (सूचीसहित)

बाम गठबन्धनमा मिल्यो भागवण्डा, कुन क्षेत्र कसलाई ? (सूचीसहित)


केन्द्रविन्दु सम्बाददाता । काठमाडौं, ३ कात्तिक ।

बाम गठबन्धनका प्रमुख दल नेकपा एमाले र माओवादी केन्द्रबीच भागवण्डा मिलेको छ ।

आगामी मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाबका लागि दुवै पार्टीबीच सिट संख्यामा सहमति जुटेको हो । सहमति अनुसार प्रतिनिधि सभा तर्फका ३७ सिट माओवादीलाई र १६ स्थान एमालेलाई छुट्याईएको छ । 

जसअनुसार ताप्लेजुङ, पाँचथर, शंखुवासभा, ओखलढुंङगा, खोटाङ, दोलखा, रसुवा, सिन्धुपाल्चोक–२, नुवाकोट–२, धादिङ–१ धादिङ–२, मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ–१, डोल्पा, मुगु, बझाङ, बाजुरा, बैतडी, दार्चुला एमालेको भागमा परेको छ । त्यस्तै भोजपुर, सोलुखुम्बु, रामेछाप, सिन्धुपाल्चोक–१, नुवाकोट–१, लम्जुङ, गोरखाका दुवै क्षेत्र, बाग्लुङ–२, रोल्पा, रुकुम पूर्व पश्चिम, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट जिल्ला माओवादीले पाएको छ । 

त्यस्तै प्रदेश सभाका ७४ सीटमध्ये एमालेलाई ४१ र माओवादीलाई ३३ सीट लिने गरि दुई दलबीच सहमति जुटेको छ । 

पहिलो चरणमा ३२ जिल्लामा निर्बाचन हुँदैछ ।

Logo