नेपाल सम्बत नेपालीको मौलिक पहिचान- अध्यक्ष ओली

नेपाल सम्बत नेपालीको मौलिक पहिचान- अध्यक्ष ओली


काठमाडौँ, ३ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल सम्बत नयाँ वर्ष ११३८ का अवसरमा स्वेदश तथा विदेशमा रहेका  सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् । 

आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले नेपाल संवत् नेपालीको मौलिक पहिचान बोकेको पर्व रहेको उल्लेख गरेका छन् । “नेपाल एउटा मौलिक संस्कृति र पहिचान भएको देश हो । नेपाल संवत् नेपालको मौलिक संवत् हो”– उनले भने । यो नयाँ वर्ष मनाइरहँदा यसका प्रणेता शंखधर साख्वालाई पनि म स्मरण गर्न चाहन्छु ।” 

शुभकामना सन्देशमा भनिएको छ, “नेपाली संस्कृतिका धनी छौँ । यो देशमा बसोबास गर्ने १२५ जाति र यहाँ बोलिने १२३ भाषा नेपालीका निधि हुन् । नेपालमा बस्ने सबै जाति र सम्प्रदायको संरक्षण गर्ने दायित्व सरकारको हो ।” 

अध्यक्ष ओलीले सन्देशमा आगामी मंसिर १० र २१ गते हुने संघ र प्रदेशको निर्वाचनमा सबै जाति, संस्कृति र सम्प्रदायको हितमा काम गर्नसक्ने जनप्रतिनिधि छान्ने विवेक सबैले पु¥याउनुहुनेछ भन्ने विश्वास आफूले लिएको पनि बताएका छन् । रासस

Logo