काठमाडौँ, ३, कात्तिक
चार्डपर्वमा अन्य वस्तु जस्तै सुनचाँदीको कारोबार पनि उच्च हुने गरेको छ । हरेक वर्षझैं यो वर्ष पनि तिहारको समयमा सुनको कारोबार बढेको पाइएको छ । "/>

तिहारमा सुनचाँदी को खपत उच्च

तिहारमा सुनचाँदी को खपत उच्च


काठमाडौँ, ३, कात्तिक
चार्डपर्वमा अन्य वस्तु जस्तै सुनचाँदीको कारोबार पनि उच्च हुने गरेको छ । हरेक वर्षझैं यो वर्ष पनि तिहारको समयमा सुनको कारोबार बढेको पाइएको छ । अहिले दैनिक ६० केजी सम्म सुन बिक्री भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । तिहारमा अन्य समयको तुलनामा सुनको माग उच्च हुने गरेको छ । करिब एक साता दैनिक ६० केजीसम्म सुन बिक्री हुने संघका महासचिव दियशरत्न शाक्यले बताए । अहिले बजारमा एक किलो सुनको मूल्य करिब साढे ४८ लाख पर्छ । यो मूल्यले दैनिक २९ करोड रुपैयाँ बराबरको सुनको कारोबार भइरहेको छ । एक हप्तामा २ अर्ब भन्दा बढी रुपैयाँको सुनको कारोबार हुने बताइन्छ । अन्य समयमा सरदर ३० किलोग्राम सम्म मात्र सुनको व्यापार हुने महासंघले जनाएको छ ।

Skip This
Logo