1
1
1
1

0 Shares

उपभोक्ताको ढाड सेकेर कर्मचारीलाई साबुनसम्मको सुविधा बाँड्दै आयल निगम

1
1
1
1
1
1

काठमाडौँ

नेपाल आयल निगमले उपभोक्ताको ढाड सेकेर कर्मचारीलाई पोसिरहेको छ । निम्न वर्गीय नेपालीले प्रयोग गर्ने मट्टीतेलमा प्रतिलिटिर २८ रुपैयाँसम्म नाफा खाएर निगमले कर्मचारीलाई दैनिक लुगा धुने साबुनसम्मको भत्ता बाँडिरहेको छ ।

निगमका कर्मचारीले इन्धन खर्च शीर्षकमा मासिक चार हजार पाँच सय, घर खर्चका लागि एक हजार, लुगा धुन दैनिक १५ रुपैयाँ बुझ्छन् । दैनिक खाजा खर्च एक सय रुपैयाँ पाउँछन् । विदेश भ्रमणका नाममा भारत जाँदा पाँच हजार र अन्य मुलुक जाँदा सात हजार लुगा भत्ता बुझ्छन् । बिमा, चाडबाड र उपचार खर्चको पनि छुट्टै व्यवस्था छ ।

१५ दिन अगाडिसम्म निगमले प्रतिदिन करिब आठ करोडसम्म नाफा कमाइरहेको थियो । यो अनुपात कायमै छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ओरालो लागे पनि पुरानो घाटा पूर्ति गर्ने भन्दै निगमले मूल्य समायोजन गरेको छैन । सार्वजनिक संस्थान मध्ये सबैभन्दा आकर्षक तलब भत्ता निगमकै कर्मचारीले बुझ्छन् । निजामती कर्मचारीको तुलनामा उनीहरूको सुविधा कम्तीमा तेब्बर बढी छ । पछिल्ला चार वर्षमा निगमको प्रशासनिक खर्च ९४ प्रतिशतले वृद्धि भएको छ । आन्तरिक लेखापरीक्षण प्रतिवेदन अनुसार आव ०७०, ७१ मा ५० करोड ७० लाख रहेको खर्च ०७४, ७५ मा ९८ करोड ३६ लाख पुगेको छ ।

आयल निगमका कर्मचारीले अहिले पाइरहेको तलब–भत्ता अपुग भएको भन्दै थप सुविधा माग गरेका छन् । २६ पुसमा ४९ औँ वार्षिक साधारणसभामा आधिकारिक टे«ड युनियनका तर्फबाट धारणा राख्दै निगमका कर्मचारी गोपालचन्द्र राईले मासिक २ हजार महँगी भत्ता थप्नुपर्ने बताए ।
नयाँ पत्रिकाबाट

प्रकाशित: १३ फागुन २०७५ ०७:४७ सोमबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी