भक्तपुर , १, कात्तिक

तिहार नजिकिएसँगै परम्परागत रुपमा मखमली फूलखेती गर्ने ताथलीको वनमाला समुदायलाई मखमली फूलको माला उन्न भ्याइनभ्याई भएको छ । "/>

भक्तपुरमा एउटै गाउँबाट तीन करोडको मखमली माला बिक्री

भक्तपुरमा एउटै गाउँबाट तीन करोडको मखमली माला बिक्री


भक्तपुर , १, कात्तिक

तिहार नजिकिएसँगै परम्परागत रुपमा मखमली फूलखेती गर्ने ताथलीको वनमाला समुदायलाई मखमली फूलको माला उन्न भ्याइनभ्याई भएको छ । तिहारको भाइटीकाका लागि मखमली फूलमाला उन्न चाँगुनारायण नगरपालिका– ९ को वनमाला समुदायका केटाकेटी, महिला र पुरुष माला उन्न र बजार पुर्याउन व्यस्त छन् ।

आयआर्जनको प्रमुख स्रोत फूलखेती बनाउँदै आएको ताथलीको वनमाला समुदायको ४० घरपरिवारलाई फूल टिप्न, माला गाँस्न र बजार लैजान भ्याइनभ्याई भएको स्थानीयवासी विष्णु वनमालाले बताइन् । तिहारका लागि वनमाला समुदायले एक रोपनीदेखि १० रोपनी जग्गामा मखमली फूलखेती गर्ने गरेका छन् । बैशाख–जेठमा छर्ने मखमली फूल साउन देखि फूल्न थाल्छ । तिहारमा फूल बेचेर प्रत्येक परिवारले १ लाख देखि ८ लाख सम्म कमाउने गरेका छन् । बिहानको समयमा फूल टिप्ने र दिनभरि फूलको माला गाँस्ने गरेको उनले बताइन् ।
नागरिकबाट

Logo