एक करोडको लागतमा ठमेल क्षेत्र कालोपत्र गरिँदै

एक करोडको लागतमा ठमेल क्षेत्र कालोपत्र गरिँदै


काठमाडौं, ३० असोज ।

काठमाडौं महानगरपालिकाले रु एक करोड लागतमा ठमेल क्षेत्रभित्रको एक किमी सडक कालोपत्र गर्ने काम शुरु गरेको छ ।

महानगरपालिकाको सहयोगमा कामनपा–२६ ले ठमेल क्षेत्रको मनाङ होटलदेखि काठमाडौं गेष्ट हाउस र वैशाली होटलदेखि ठमेल मार्ग तथा भगवानपाउ मार्गसम्मको सडक कालोपत्रको काम शुरु गरेको हो ।

सुन्दर र समृद्ध ठमेल निर्माण गर्ने उद्देश्यका साथ महानगरपालिकाले ठमेल क्षेत्रभित्रका सडकमा कालोपत्र गर्ने काम शुरु गरेको कामनपा–२६ वडाका अध्यक्ष ख्यामराज तिवारीले  जानकारी दिए । 

“चाँडै नै ठमेल क्षेत्रलाई सवारी साधन निषेधित क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यका साथ कालोपत्र गर्ने कामलाई तीव्रता दिएका हौँ”, अध्यक्ष तिवारीले भने ।

केही महिना अगाडिदेखि नै ठमेल क्षेत्रलाई सवारी साधन निषेधित क्षेत्रका रुपमा विकास गर्नका लागि महानगरपालिका, महानगरीय ट्राफिक प्रहरी महाशाखा र ठमेलका पर्यटन व्यवसायीबीच छलफल हुँदै आएको छ । रासस

Logo