२० मंसिर २०७८ सोमबार

0 Shares

प्रियंका कार्की र आयुष्मान बने महिनावारी स्वस्छता दूत

काठमाडौं । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी महिनावारी स्वच्छ दूत बनेका छन् । खानेपानी मन्त्रालयले महिलाहरु महिनावारी हुँदा भोग्नु परेको समस्या सम्बन्धी जनचेतना जगाउने उद्देश्यले प्रियंका र आयुष्मानलाई महिनावारी सवच्छता दूतमा नियुक्त गरेको हो ।

मन्त्रालय र आयंका फाउन्डेसनका तर्फबाट प्रियंका कार्की र आयुष्मान देशराज जोशीबीच भएको सहमति अनुसार एक वर्षका लागि स्वच्छता दूत नियुक्त गरिएको हो ।

प्रियंका र आयुशमानलाई महिनावारी स्वच्छता दूत नियुक्तिको प्रमाणपत्र दिँदैं मन्त्री बिना मगर ।

खानेपानी मन्त्री बिना मगरले दूत नियुक्त गरिएको पत्र दुवै जनालाई हस्तान्तरण गरेका छन् । महिनावारीका सम्बन्धमा आम मानिसमा रहेको नकारात्मक धारणालाई बदल्न मन्त्रालय र फाउन्डेशनले यो अभियान सुरु गरेको हो ।

मन्त्री मगरले महिलाहरुले महिनावारी हुँदा भोग्नुपरेका समस्याका विषयमा जनचेतना जागृत गराउन कलाकारहरुको भूमिका अति महत्वपूर्ण हुने भएकाले अभियानमा लाग्न दुवै जनालाई शुभकामना दिईन् । महिनावारी हुँदा महिलाहरुले झेल्नुपरेका समस्याका विषयमा सबै जनाले सकारात्मक सोच राख्नुपर्ने बताईन् ।

महिनावारी स्वच्छता दूतमा नियुक्त भएपछि तस्बिर खिचाउँदैं प्रियंका र आयुष्मान । तस्बिरः प्रियंका कार्की

अभिनेत्री प्रियंका र आयुष्मानको जोडीले महिलाहरुलाई महिनावारी सम्बन्धी जनचेतना जगाउन ठाउँ ठाउँमा खटेर आफैं लागि पर्ने प्रतिबद्धता जनाएको छ ।

पहिलो चरणमा उनीहरुले धनुषा जिल्लाबाट यो अभियानको सुरुवात गर्ने घोषणा गरेका छन् । उनीहरुले ६ वटा महिला मैत्री शौचालय बनाउने र किशोरीहरुलाई स्यानिटेशन प्याड समेत प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित: १४ फागुन २०७५ १७:५५ मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी