बिश्व क्रिकेट लिग च्याम्पियनसिप: नेपाल vs हङकङ (हेर्नुहोस लाइभ)

बिश्व क्रिकेट लिग च्याम्पियनसिप: नेपाल vs हङकङ (हेर्नुहोस लाइभ)


काठमाडौँ, २७ असोज । बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको नेपाल र हङकङबीचको खेल जारी छ। मोङकोङस्थित तीम थोङ क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेको थियो । 

पहिले बलिङ गरेको नेपालले घरेलु टिमको खाता खोल्न नपाउदै पहिलो विकेट लिएको हो।  लगातार तीन ओभर मेडेन राख्दै नेपालका लागि करण केसीले पहिलो विकेट लिए ।हङकङले ४५ ओभरमा ८ विकेट गुमाउँदै १७३ रन बनाएको छ । 

सन् २०१९ मा हुने बिश्वकप क्रिकेटको छनोट चरणमा पुग्न नेपाललाई हङकङविरुद्धका दुवै खेल जित्नै पर्ने दवाव छ । अंक तालिका नेपाल छैठौं र हङकङ पांचौ स्थानमा छन् ।खेल अघि नेपालका भरपर्दा अलराउन्डर शरद भेषावकर भने अस्वस्थ भएका छन् । उनलाई १०३ डिग्री ज्वरो आएको बताईएको छ । उनले दुवै खेल गुमाउने भएका छन् ।  

नेपालले अर्को खेल आइतबार खेल्ने छ ।

हेर्नुहोस लाइभ 

Logo