काठमाडौँ, २७, असोज
सरकारले देशभरका ५७ वटा स्थानीय तहलाई पिछडिएको क्षेत्र घोषणा गरेको छ । देशभरि कुल ७ सय ५३ स्थानीय तह छन् । "/>

देशका ५७ वटा स्थानीयतहलाई पिछडिएको क्षेत्र घोषणा

देशका ५७ वटा स्थानीयतहलाई पिछडिएको क्षेत्र घोषणा


काठमाडौँ, २७, असोज
सरकारले देशभरका ५७ वटा स्थानीय तहलाई पिछडिएको क्षेत्र घोषणा गरेको छ । देशभरि कुल ७ सय ५३ स्थानीय तह छन् । ‘प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका–२०७४’को अनुसूची २ मा ५७ स्थानीय तहलाई पिछडिएको क्षेत्रमा राखिएको छ । आगामी मंसिरमा हुने प्रदेशसभा सदस्य निर्वाचका लागि निर्वाचन आयोगले तयार पारेको निर्देशिकाले पिछडिएको क्षेत्र किटान गरेको हो । यसअघि कर्णालीका पाँच सहित नौ जिल्लालाई पिछडिएको क्षेत्र मानिन्थ्यो । तर अब ५७ स्थानीय तहलाई पिछडिएको क्षेत्र घोषणा गरिएको छ । मंसिरमा हुने निर्वाचनका लागि प्रदेशको समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउँदा आयोगले पिछडिएको क्षेत्रको जनसंख्याका आधारमा उम्मेदवार समेट्नुपर्ने भन्दै निर्देशिकामा उल्लेख गरेको छ ।
राजधानीबाट

Logo