काठमाडौँ
काठमाडौंको पशुपतिनाथ मन्दिर नजिक रहेको हंशमण्डपबाट शनिबार हराएको बाबा गोरखनाथको पुरानो मूर्ति फेला परेको छ ।
सो मुर्ति सशस्त्र प्रहरी बल नेपाल मन्दिर सुरक्षा वेश पशुपतिबाट सशस्त्र प्रहरी नायव निरीक्षक दधिराम पौडेलको कमाण्डमा खटिएको एपीएफ टोलीले मंगलबार अपरान्ह पौने ५ बजे पशुपतिनाथको मन्दिरबाट करिव तीन सय मिटर पूर्व उत्तरतर्फ रहेको जंगल क्षेत्रबाट फेला पारेको हो । सो मूर्ति करिब ३५ किलो तौलको रहेको छ ।
गस्तीमा रहेको एपीएफ टोलीले त्यस ठाउँमा रहेको खरानीको रुखको जराभित्र ओडार जस्तो ठाउँबाट सो मूर्ति बरामद गरेको हो । पारिपट्टि डाँडाबाट त्यसतर्फ आउँदै गरेको एपीएफ टोलीलाई देखेर दुई जना व्यक्ति सो मूर्ति छाडी भागेका थिए । सो मूर्ति एपीएफ टोलीले स्थानीय प्रहरीलाई बुझाएको छ ।
राजधानीबाट
प्रकाशित: १५ फागुन २०७५ ०७:०४ बुधबार