जहाँ सुन्दर युवती मात्र बन्न पाउँछन् ट्राफिक प्रहरी, किन ?

जहाँ सुन्दर युवती मात्र बन्न पाउँछन् ट्राफिक प्रहरी, किन ?


केन्द्रबिन्दु डेस्क । काठमाडौं, २२ असोज ।

सुन्दा बडो अनौठो लाग्छ । तर, राष्ट्रपति किम जोंग उनको देश उत्तर कोरियामा यस्तै हुन्छ । अर्थात्, त्यहाँ सुन्दर युवतीलाई मात्र ट्राफिक प्रहरी बनाइन्छ । कहाँसम्म भने, कम्युनिष्ट देशका यस नोकरीका लागि विशेष रूपले चयन गरिन्छ । राजधानी प्योङयाङका सडकहरूमा सुन्दर ट्राफिक युवती देखिनु सामान्य हो ।

– यति मात्र होइन, यसका लागि एक वेबसाइट पनि छ, जसमा हरेक महिना ‘प्योङयाङ ट्राफिक गर्ल अफ द मन्थ’ समेत चयन गरिन्छ ।

– वेबसाइटमा एक गेम पनि छ । यसका साथै उनीहरूका प्रशंसकलाई म्यासेज तथा कविता लेख्नका लागि स्पेस पनि छ ।

– यी महिलाको फोटो, डाक टिकट, पोस्टर्स र बच्चाको खेलौनामा ट्राफिक डलका रूपमा प्रयोग हुन्छ ।

– देशका महिला पनि उक्त नोकरीका लागि क्रेजी छन् । त्यसैले त जब ट्राफिक प्रहरीका लागि भ्याकेन्सी जारी हुन्छ, युवतीहरूको लाइन लाग्छ ।

– उत्तर कोरियामा ट्राफिक सिग्नलको व्यवस्था छैन । यहाँ ट्राफिक प्रहरीले नै पूरै ट्राफिक व्यवस्थापन नियन्त्रण गर्छन् ।

(एजेन्सीको सहयोगमा)

Logo