काठमाडौँ, २२, असोज
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपालमै पहिलोपटक गैरकानुुनी मानिएको ‘बिट क्वाइन’को कारोबारमा संलग्न भएको आधारमा सात जना व्यक्तिलाई पक्राउ गरेको छ । "/>

‘बिट क्वाइन’ कारोबारमा संलग्न सात व्यक्ति समातिए

‘बिट क्वाइन’ कारोबारमा संलग्न सात व्यक्ति समातिए


काठमाडौँ, २२, असोज
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपालमै पहिलोपटक गैरकानुुनी मानिएको ‘बिट क्वाइन’को कारोबारमा संलग्न भएको आधारमा सात जना व्यक्तिलाई पक्राउ गरेको छ ।ब्युरोका प्रहरी उपरीक्षक जीवन कुुमार श्रेष्ठका अनुसार नेपालमा पनि ‘बिट क्वाइन’को कारोबार हुुने गरेको भन्ने जानकारीको आधारमा अनुसन्धान गर्दै जाँदा ती व्यक्तिहरु पक्राउ परेका हुुन् ।

पक्राउ पर्नेहरुमा सिन्धुली कल्पवृक्ष वडा नम्बर ४ घर भई हाल काठमाडौं महानगरपालिका बानेश्वर बस्ने ३८ वर्षीय ज्ञान प्रसाद पौडेल, अर्घाखाँची घर भई हाल बानेश्वर बस्ने ३४ वर्षीय माधव खनाल, काठमाडौं घर भई कामनपा भाटभटेनी वडा नम्बर ४ बस्ने २५ वर्षीय प्रशान्त प्रताप शाह, नुुवाकोटको बेलकोट घर भई काठमाडौं कलंकी बस्ने २४ वर्षीय बिन्दा ढकाल, सिन्धुुपाल्चोकको हेलम्बुु गाउँपालिका ७ घर भएका ४४ वर्षीय मिङमार तामाङ, काठमाडौं घर भई ललितपुर हरिसिद्धी बस्ने दमन बस्नेत र रुपन्देही जिल्लाको रुपन्देही उपमहानगरपालिका ११ बस्ने मनिष कुमार गिरी रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताएका छन् । श्रेष्ठका अनुसार ती व्यक्तिहरुलाई काठमाडौं र चितवनका विभिन्न स्थानबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट ‘बिट क्वाइन’ कारोबारका लागि प्रयोग गरिने मोबाइल र ल्यापटप समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
आर्थिक दैनिकबाट

Logo