काभ्रेपलाञ्चोकमा बढ्यो चुनावी सरगर्मी

काभ्रेपलाञ्चोकमा बढ्यो चुनावी सरगर्मी


बनेपा, २० असोज । काभ्रेपलाञ्चोकमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि चुनावी सरगर्मी बढेको छ । 

जिल्लामा क्रियाशील प्रमुख राजनीतिक दलसहित अन्य दल चुनावको सम्भावित परिणामका लागि छलफल र बैठकमा व्यस्त छन् । नेपाली काँग्रेसले प्रतिनिधिसभाको निर्वाचन र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरिसकेको छ भने नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले दुवै निर्वाचनका लागि आन्तरिक बैठक जारी रहेको जनाएको छ । 

नेपाली काँग्रेसका उपाध्यक्ष अच्युत पौडेलले प्रतिनिधिसभाका लागि क्षेत्र नं १ बाट तीर्थ लामाको नाम सर्वसम्मत सिफारिस भएको बताए । त्यस्तै क्षेत्र नं २ बाट नेपाली काँग्रेसका सभापति मधुप्रसाद आचार्य, सांसद कञ्चनचन्द्र वादे, प्रचण्डमान प्रधान र डा राम थपलियाको नाम सिफारिस भएको छ । प्रतिनिधिसभाका लागि जिल्लामा दुई निर्वाचन क्षेत्र छन् । 

त्यस्तै प्रदेशसभाका लागि जिल्लाको क्षेत्र नं १ बाट सिवी लामा र दिनेश लामाको नाम सिफारिस भएको छ । क्षेत्र नं २ बाट इन्द्रमणि अधिकारी, तीर्थबहादुर पचखल, मधुकर खनाललगायतको नाम सिफारिस भएको छ ।यस्तै क्षेत्र नं ३ बाट कञ्चनचन्द्र वादे, रामकुमार मुल्मी, प्रकाश थापाको नाम सिफारिस भएको छ ।क्षेत्र नं ४ बाट अच्युतप्रसाद पौडेल, सुन्दर आचार्य, बेलबहादुर लामाको नाम सिफारिस भएको छ । 

यता एमालेले प्रतिनिधिसभामा क्षेत्र नं १ बाट रामहरि सुवेदी, नारायण पाण्डे, सङ्ग्रामजित लामा र पवित्रा भुर्तेलको नाम सिफारिस गरेको छ भने प्रदेशसभाको क्षेत्र नं १ बाट मुकुन्द लामा, ईश्वरी पौडेल, दिलीप तामाङ, नवीना लामा, दीपक गौतमलगायतको नाम सिफारिस गरेको छ । क्षेत्र नं २ बाट कुलचन्द्र अधिकारी, केशव बडाल, कृष्णचन्द्र आचार्य, विष्णुप्रसाद खनाल, विदुर हुमागार्इंलगायतको नाम सिफारिस भएको छ । 

क्षेत्र नं ४ बाट वसुन्धरा हुमागार्इं, कुमार थापा, कमल तिमल्सिना, हरिदेव गिरी, हरिशरण दाहाललगायतको नाम सिफारिस भएको छ । तर क्षेत्र नं ३ बाट कसैको नाम सिफारिस नभएको एमालेले जनाएको छ । माओवादी केन्द्रले बैठक जारी रहेको जनाउँदै केन्द्रको निर्णय पर्खेर बसेको जनाएको छ ।पार्टीका पोलिटब्युरो सदस्य दीनानाथ गौतमले निर्वाचनका लागि तयारी भएको उल्लेख गर्दै एमालेसँगको छलफल जारी रहेको बताए । रासस

Logo