काठमाडौं,९, असोज
नेपाल आयल निगमले केही दिन यता असहज भएको हवाई इन्धन सोमबार देखि सहज हुने जनाएको छ । भारतीय भन्सार विन्दुमा देखिएका समस्या समाधान भएसँगै हवाई इन्धन आपूर्ति नियमित हुने भएको हो । "/>

हवाई इन्धन आपूर्ति आजैबाट सहज हुने

हवाई इन्धन आपूर्ति आजैबाट सहज हुने


काठमाडौं,९, असोज
नेपाल आयल निगमले केही दिन यता असहज भएको हवाई इन्धन सोमबार देखि सहज हुने जनाएको छ । भारतीय भन्सार विन्दुमा देखिएका समस्या समाधान भएसँगै हवाई इन्धन आपूर्ति नियमित हुने भएको हो ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतले भन्सारमा देखिएको समस्या समाधान भएकाले सोमबार देखि आयातमा समस्या नहुने बताए । “एक साता देखि भन्सार विन्दुबाट गाडी लोडिङ नहुँदा बजारमा सामान्य अभाव देखिएको थियो,” उनले भने, “आइतबार मात्रै १ हजार २ सय किलोलिटर आयात भएको छ ।” भन्सार विन्दुमा चेकिङका लागि लामो समय लाग्ने गरेका कारण निगमले आवश्यक मात्रामा हवाई इन्धन आयात गर्न सकेको थिएन । हवाई इन्धन आपूर्ति कम भएपछि निगममा हवाई इन्धनको मौज्दात एकदमै कम भएको थियो । निगमका अनुसार हाल १ हजार ७ सय ७३ किलोलिटर मात्रै हवाई इन्धन मौज्दात छ । विराटनगरमा २ सय २० किलोलिटर, भद्रपुरमा ३७, काठमाडौंमा १ हजार २ सय ३९, मन्थलीमा २७, पोखरामा ५५, भैरहवा ३५, नेपालगन्जमा ६८, सुर्खेतमा ५३, धनगढीमा ४० किलोलिटर मात्रै हवाई इन्धन मौज्दात रहेको निगमले जनाएको छ ।
कारोबारबाट

Skip This
Logo