काठमाडौं, असोज, ७
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने भएको छ । "/>

अब वैद्य माओवादी पनि निर्वाचनमा !?

अब वैद्य माओवादी पनि निर्वाचनमा !?


काठमाडौं, असोज, ७
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने भएको छ । क्रान्तिकारी माओवादीको बिहीबार सम्पन्न केन्द्रीय सचिवालयको बैठकले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुने निर्णय गरेको हो । यसअघि दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गरेको उक्त पार्टीले स्थानीय तह निर्वाचनमा भने ‘उपयोग गर्ने’ रणनीति अनुसार सहभागी भएको थियो । संविधानसभा बहिष्कार गरी संविधानप्रति असहमति जनाउँदै आएको वैद्य नेतृत्वको माओवादीले निर्वाचनमा सहभागी हुने निर्णय गर्दै ‘मुठी’ चिह्न लिएर निर्वाचनमा जाने भएको हो । २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनलाई बहिष्कार गरेको तत्कालीन नेकपा–माओवादीको गत वर्ष सम्पन्न केही समितिको बैठकले स्थानीय तहको निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्ने निर्णय गरेको थियो । सोही अनुरूप क्रान्तिकारी माओवादीले पार्टीका वरिष्ठ नेता सीपी गजुरेलको अध्यक्षतामा चुनावी मोर्चा बनाएको हो ।
राजधानीबाट

Logo