कन्डोम सुन्दरी ! यस्तो पनि हुन्छ प्रतियोगिता

कन्डोम सुन्दरी ! यस्तो पनि हुन्छ प्रतियोगिता


केन्द्रबिन्दु डेस्क । काठमाडौं, ६ असोज ।

हामीकहाँ अनेक थरीका सौन्दर्य प्रतियोगिता हुन्छन् । कहिले जातिको नाममा, कहिले क्षेत्रको नाममा कहिले पेसाको नाममा ।

तर हामी जस्तै एसियाली देश थाइल्यान्डमा चाहिँ ‘मिस कन्डोम’ प्रतियोगिता हुँदो रहेछ ! यो हरेक वर्ष हुने सुन्दरी प्रतियोगिता हो । प्रतियोगितामा कन्डोमलाई बेलुन जस्तै फुलाउने प्रतिस्पर्धा चल्छ ।

हुन त यो प्रतियोगिता निकै विवादित छ । तर, उद्देश्य भने सही छ । यसको उद्देश्य हो– सेफ सेक्स । सुरक्षित यौन सम्पर्कलाई बढावा दिने । यससँगै यौनजन्य रोगबारे जनचेतना जगाउने ।

जतिसुकै आलोचना भए पनि यो प्रतियोगीता वर्षैपिच्छे धुमधामका साथ आयोजना हुन्छ ।

प्रतियोगितामा चार देशका लगभग २० जना सुन्दरीले भाग लिने गरेका छन् । जसले यो प्रतियोगितामा जित्छन्, उसलाई मिस कन्डोमको उपाधि दिइन्छ ।
प्रतियोगिताअघि कुनै चर्चित स्थानमा र्याली निकालिन्छ । र, सेक्स रोगका बारेमा जानकारी दिइन्छ । साथै मानिसलाई निःशुल्क कन्डोम बाँडिन्छ । (एजेन्सीको सहयोगमा)

Skip This
Logo