1
1
Kendrabindu - News & Articles from Nepal
1
1
1

0 Shares

अरुण तेस्रो प्रसारण लाइन निर्माण, भारतले दियो लगानी स्वीकृति

1
1
1
1
1
1
1
1

काठमाडौं

अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि लगानी गर्न भारत सरकारले एसजेभिएन (सतलज विद्युत् निगम) लिमिटेडलाई स्वीकृति दिएको छ । अरुण तेस्रोलाई भारतको केन्द्र सरकार र हिमाञ्चल प्रदेश सरकारको साझेदारीमा खोलिएको एसजेभिएनले निर्माण गर्न लागेको हो । एसजेभिएनले नेपालमा अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गर्न सहायक कम्पनी एसजेभिएन–अरुण तेस्रो खोलेको छ ।

उक्त कम्पनीले ४ सय केभी क्षमताको २१७ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्नेछ । प्रसारण लाइन संखुवासभाको दिदिङदेखि धनुषाको ढल्केबर हुँदै नेपाल–भारतको सीमा बथनासम्म पुग्नेछ ।

नयाँदिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बिहीबार बसेको मन्त्रिपरिषद् अर्थ समितिको बैठकले प्रसारण लाइन निर्माण गर्न स्वीकृति दिएको हो । बैठकको निर्णयबारे जानकारी दिनेक्रममा अर्थमन्त्री अरुण जेटलीले प्रसारण लाइन निर्माणका लागि स्वीकृति दिएको बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रसारण लाइन निर्माण गर्न १२ अर्ब ३६ करोड १३ लाख रुपैयाँ लाग्ने अनुमान छ । नौ सय मेगावाटको बहुप्रतीक्षित अरुण तेस्रो परियोजना निर्माणका क्रममा छ ।

यसअघि भारतले आयोजना बनाउन ९२ अर्ब रुपैयाँ लगानी स्वीकृत गरिसकेको सतलज नेपालका आवासीय प्रतिनिधि हरिराम सुवेदीले बताए । ‘२०१६ को फेब्रुअरीमा आयोजना निर्माणका लागि ९२ अर्ब रुपैयाँ स्वीकृत गरेको थियो,’ उनले भने, ‘अहिले प्रसारण लाइन निर्माणका लागि करिब १२ अर्ब रुपैयाँ स्वीकृत गरेको छ ।’ आयोजना निर्माणका लागि करिब १ खर्ब ४ अर्ब लाग्ने अनुमान गरिएको जानकारी सुवेदीले दिए ।
नागरिकबाट

प्रकाशित: १८ फागुन २०७५ ०७:२८ शनिबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी