इलाम, ६, असोज

मूल्य बढ्ला र बेचौँला भनेर उत्पादन गरेर राखेको कुचोको भाउ नबढेपछि किसान चिन्तित बनेका छन् । "/>

अम्रिसो कुचोको मूल्यमा भारी गिरावट

अम्रिसो कुचोको मूल्यमा भारी गिरावट


इलाम, ६, असोज

मूल्य बढ्ला र बेचौँला भनेर उत्पादन गरेर राखेको कुचोको भाउ नबढेपछि किसान चिन्तित बनेका छन् । मूल्यमा कमी आएपछि अहिले उनीहरु आफैँले कुचो प्रशोधन गरेर बेच्न थालेका छन् । सामान्यतया बढार्न प्रयोग गरिने कुचो किसानले आफैं घरमा बाटेर बिक्रीका लागि लैजान थालेका छन् ।

बजारमा प्रयोगकर्ताले सोझै किन्ने भएकाले किसानले उचित मूल्य पाउने गरेका छन् । तर बजारमा बिक्री गर्दा कम मूल्य पाउने गरेको रोङ गाउँपालिका–६ का दीपक प्रधानले बताए । प्रधानका अनुसार अहिले कुचो झापाको धुलाबारीमा प्रतिकिलो ४० मा बिक्री हुने गरेको भए पनि किसानले बाटेर लैजाँदा एउटा कुचोको ३० मा पर्छ । एक किलोको ६ वटा कुचो बनाउन सकिन्छ । गत वर्ष १०० प्रतिकिलो सम्ममा बिक्री भएको कुचो हाल प्रतिकिलो ४० सम्ममा किनबेच भइरहेको छ । कुचोलाई बाटेर आकर्षक बनाई भारतीय बजार, झापाका विभिन्न बजार तथा काठमाडौँ सम्म पठाउने गरेको देव प्रधान बताउँछन् । जिल्लाका प्रायः सबै स्थानमा रोपिएको अम्रिसो पहिला पहिला घाँसको लागिमात्र प्रयोग हुने भएको भए पनि पछिल्लो समयमा फूल समेत कुचोको रुपमा बिक्री हुने गरेको छ ।

अम्रिसोलाई घाँसको रुपमा खेती गर्ने गरेका मध्य पहाडको किसानलाई कुचोको मूल्यमा आएको कमीले प्रभाव नपर्ने भए पनि कुचोमा नै आश्रित बनेका इलामका किसान कुचोको मूल्यमा कमी आएपछि निराश बनेका छन् । प्रायः घर बढार्न सरसफाइ र निर्माणमा प्रयोग हुने कुचो स्वदेशमा मात्रै हैन भारत, बंगलादेश लगायत मुलुकमा समेत निर्यात हुने गरेको छ । जिल्लाको समाल्बुङ, जिर्मले, इरौँटार, कोल्बुङ, पञ्चकन्या, साकफारा, गोदक, मंगलबारे लगायत गाउँमा कुचो बनाइन्छ । इलाममा गतवर्ष ५१८९.४ हेक्टर क्षेत्रफलमा अम्रिसो खेती गरिएको थियो । अम्रिसोबाट कुल ५१ हजार ६०३ मेट्रिक टन कुचो उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ ।
रासस

Logo