धनुषा , ६, असोज
जनकपुरको विदेश नगरपालिकाको मतगणना रोकिएको छ । छिटो गणना सक्ने नाममा बाहिरबाट गणक ल्यार्इ नियोजित रूपमा कांग्रेस उम्मेदवारलार्इ जिताउन खोजिएको भन्दै कांग्रेस बाहेकका दलले विरोध जनाएपछि गणना रोकिएको हो । "/>

धनुषाको विदेह नगरपालिकाको मतगणना स्थगित

धनुषाको विदेह नगरपालिकाको मतगणना स्थगित


धनुषा , ६, असोज
जनकपुरको विदेश नगरपालिकाको मतगणना रोकिएको छ । छिटो गणना सक्ने नाममा बाहिरबाट गणक ल्यार्इ नियोजित रूपमा कांग्रेस उम्मेदवारलार्इ जिताउन खोजिएको भन्दै कांग्रेस बाहेकका दलले विरोध जनाएपछि गणना रोकिएको हो । वडा नम्बर ७ को गणनाको क्रममा त्यस्तो गरिएको माओवादी केन्द्र, एमाले, संघीय समाजवादी फोरम नेपालका उम्मेदवार र केही स्वतन्त्र उम्मेदवारले आरोप लगाएका छन् । सो वडामा खसेको १५ सय मत मध्ये ६ सय मत गणना गर्दा कांग्रेस उम्मेदवारलार्इ लाभ हुने गरी गणना गरिएको उनीहरूको आरोप छ । ७ नम्बर वडाको गणनामा विवाद निस्किएपछि केहीबेर अघिसम्म गणना भइरहेको ६ नम्बरको गणना पनि रोकिएको छ ।
नयाँपत्रिकाबाट

Logo