तेस्रो चरण निर्वाचनको पहिलो मत परिणाम सार्वजनिक

तेस्रो चरण निर्वाचनको पहिलो मत परिणाम सार्वजनिक


केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ४ असोज ।

प्रदेश नम्बर २ मा भएको तेस्रो चरणको निर्वाचनको मत परिणाम नगरपालिकाहरुको आउन शुरु भएको छ ।

तेस्रो चरणको निर्वाचन अन्र्तगत पहिलो प्रमुखको रुपमा राजपाले खाता खोलेको छ । धनुषाको हंशपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा राजपा उम्मेदवार विजयी भएका छन् ।

राजपाका रामज्ञान मण्डल ३३२० मतसहित नगरपालिका प्रमुखमा निर्वाचित भएका हुन् । उपप्रमुखमा पनि राजपाकै रेणु देवी झा ३२७६ मतसहित विजयी भएकी छन् । निकटतम प्रतिद्धन्दी कांग्रेसका प्रदीप यादव ३२२९ प्रमुख र उपप्रमुखमा कांग्रेसकै रामकुमारी कामतले ३०२७ मत ल्याएका थिए ।

Logo