१४ माघ २०७८ शुक्रबार

२ वर्षीया छोरीको हत्या गर्ने आमा र उनका प्रेमीलाई जन्मकैद फैसला

राजविराज । दुई वर्षीया छोरीको हत्या गर्ने आमा र उनका प्रेमीलाई जन्मकैदको फैसला सुनाइएको छ। जिल्ला अदालत सप्तरीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ६ योगिनियाकी २७ वर्षीया रानीदेवी मण्डल र निजका प्रेमी राजगढ गाउँपालिका ५ मलेकपुरका ३१ वर्षीय शिवशंकर मालीलाई जन्मकैदको फैसला सुनाएको हो ।

दुवै जना मिलेर २ वर्षीया छोरीको हत्या गरेको पुष्टि भएपछि उक्त फैसला गरिएको हो । जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंङ्गानाको एकल ईजलासले आरोपितलाई जन्मकैदको सजाय तोक्नुका साथै जनही ६ महिनाको कैद सजाय थप गरेका हुन् । बालिकाको हत्या गरेको आरोपमा जन्मकैद र हत्यापछि शव दबाउने अभिप्रायले खाँडो खोलामा बगाएकाले जनही ६ महिना कैद थपिएको हो।

रोजगारिका लागि साउदी अरब पुगेका ३० वर्षीय सूर्यनारायण मण्डल ०७३ असोज १६ गते घर फर्किदा श्रीमती रानी र छोरी प्रमिलालाई घरमा फेला नपारेपछि खोजी गरेका थिए। उनले श्रीमती र छोरीको खोजी गर्न माग गर्दै प्रहरीमा उजूरी दिएका थिए।

प्रहरीले रानी र उनका प्रेमी मालीलाई ०७३ असोज १२ गते काठमाडौंबाट पक्राउ गरेको थियो। श्रीमान सूर्यनारायण साउदी अरबबाट घर फर्कने भएपछि रानीले प्रेमी मालीसँग सल्लाह गरी बालिकाको हत्या गरेकी थिईन् । पक्राउ परेका आरोपितले सूर्यनारायणलाई फोन गरी घर फर्कदै गरेको बताएपछि बालिकाको हत्या गरी भागेर प्रेमविवाह गरेको स्वीकार गरेपछि उनीमाथि अनुसन्धान सुरु भएको थियो।

प्रकाशित: १८ फागुन २०७५ १९:५९ शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी