काठमाडौं,३, असोज
प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने भएका छन् । "/>

प्रधानमन्त्री देउवा आज न्यूयोर्क प्रस्थान गर्दै

प्रधानमन्त्री देउवा आज न्यूयोर्क प्रस्थान गर्दै


काठमाडौं,३, असोज
प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने भएका छन् ।

प्रधानमन्त्री देउवाले यही सेप्टेम्बर २३ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले सोही दिन राष्ट्र संघका महासचिव एन्टिनियो गुटेरससँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । ‘जनतामा केन्द्रितः दिगो पृथ्वीमा शान्ति र प्रतिष्ठित जीवनका लागि प्रयास’ भन्ने मूल विषयका साथ हुने महासभाको उच्चस्तरीय छलफल यही १९ सेप्टेम्बर देखि शुरु हँुदैछ । महासभाका क्रममा न्यूयोर्कमा प्रधानमन्त्री देउवाले सेप्टेम्बर २१ मा अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । मुलुकभित्र सबै दलको सहभागितामा सहमतिको वातावरण बनाई उत्साहपूर्वक स्थानीय तहका सबै चरणका निर्वाचन सम्पन्न गरी हुन लागेको प्रधानमन्त्री देउवाको यो विदेश भ्रमण महत्वपूर्ण मानिएको छ ।

साथै संघीय प्रतिनिधिसभा तथा प्रदेशसभाका निर्वाचनको मिति घोषणा गरी निर्वाचनको तयारीमा जुटेको अवस्थामा र यसअघिका ७०औँ र ७१औँ महासभामा नेपालका तर्फबाट प्रधानमन्त्रीस्तरमा भ्रमण नभएकाले पनि प्रधानमन्त्री देउवाको यो भ्रमण निकै महत्वपूर्ण हुनेछ । प्रधानमन्त्री देउवा महासभामा भाग लिइसकेपछि २४ सेम्टेम्बरमा ओमनको मस्कटका लागि प्रस्थान गर्ने छन् । जहाँ उनले खाडी क्षेत्रका नेपाली कूटनीतिक नियोगका प्रमुखलाई नेपाल र नेपाली आप्रवासी कामदारको हित र उनीहरूको संरक्षणका बारेमा निर्देशन दिने कार्यक्रम छ ।
रासस

 

Logo