लहान,३०, भदौ
स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुन तीन दिन बाँकी छ । सरकारले असोज २ का लागि प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन तय गरेको छ । "/>

डुबानमा छ प्रमुख निर्वाचन आयुक्त डा. यादवको मतदान स्थल

डुबानमा छ प्रमुख निर्वाचन आयुक्त डा. यादवको मतदान स्थल


लहान,३०, भदौ
स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुन तीन दिन बाँकी छ । सरकारले असोज २ का लागि प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन तय गरेको छ । प्रमुख पार्टीका शिर्ष नेताहरु चुनावी सभालाई सम्बोधन गर्न ब्यस्त छन् । तर दुई तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेका प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवको मतदान स्थल भने अझै डुबानमा छ ।

राजविराज नगरपालिका–२ निवासी उनी राजदेवी चोकमा अवस्थित राष्ट्रिय प्राथमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नेछन् । प्रमुख निर्वाचन आयुक्त डा. यादवले मतदान गर्ने मतदान केन्द्रबाट २ हजार १ सय ७७ जना मतदाताले मदतान गर्नेछन् । यसमध्ये डा. यादवको मतदाता क्रम संख्या ५८२ र मतदाता नम्बर १५९२६४९ रहेको छ ।
मतदान केन्द्र बनाइएको विद्यालयको प्राङ्गणमा अहिले पनि करिव डेढ फिट सम्म पानी जमेको छ ।
नयाँपत्रिकाबाट

Logo