धुलिखेल, २७, भदौ
काभ्रेको पनौती नगरपालिका–११ खोपासी जलविद्युत् आयोजनाको पावर हाउस नजिकै बोलेरो दुर्घटना हुँदा एकजनाको मुत्यु भएको छ । "/>

काभ्रेमा बोलेरो दुर्घटना ,एक जनाको मृत्यु

काभ्रेमा बोलेरो दुर्घटना ,एक जनाको मृत्यु


धुलिखेल, २७, भदौ
काभ्रेको पनौती नगरपालिका–११ खोपासी जलविद्युत् आयोजनाको पावर हाउस नजिकै बोलेरो दुर्घटना हुँदा एकजनाको मुत्यु भएको छ । घटनामा परी ११ जना घाइते भएको प्रहरीले जनाएको छ । बल्थलीबाट पनौतीतर्फ आइरहेको बा ९ च ७२७७ नं को बोलेरो सोमबार साँझ दुर्घटना भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीका अनुसार मृत्यु भएका एकजनाको सनाखत हुन बाँकी छ । घाइतेहरुको उपचार भइरहेको छ ।घाइतेहरुको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये सुरेन्द्र दंगाल र सीतामाया तामाङलाई ट्रमा सेन्टरमा सिफारिस गरी पठाइएको प्रहरीले जनाएको छ । बोलेरो अनियन्त्रित भई सडकबाट करिब ४०/४५ मिटर तल खसेको थियो । रासस

Logo