चितवन, २५ भदौ
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी चितवनको पिप्ले बजारमा हिजो दिउँसो दुई यात्रु बस एकआपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । "/>

चितवनमा पनि वस दुर्घटना

चितवनमा पनि वस दुर्घटना


चितवन, २५ भदौ
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी चितवनको पिप्ले बजारमा हिजो दिउँसो दुई यात्रु बस एकआपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणगढबाट वीरगन्ज तर्फ जाँदै गरेको ना ५ ख ८७०६ नं को बस र विपरीत दिशाबाट आइरहेको ना ६ ख ९१२५ नं को बस एक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा परी दुई पुरुष र एक महिलाको मृत्यु भएको छ । उनीहरुको सनाखत हुन सकेको छैन । घाइतेहरुको चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज र भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हिजो नै नुवाकोटमा पनि वस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको थियो ।

Skip This
Logo