काठमाडौं , भदौ, २५
निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ। "/>

उपप्रधानमन्त्री गच्छदारलाई आयोगको २४ घन्टे स्पष्टीकरण

उपप्रधानमन्त्री गच्छदारलाई आयोगको २४ घन्टे स्पष्टीकरण


काठमाडौं , भदौ, २५
निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ। गच्छदारकै दल फोरम लोकतान्त्रिकबाट वीरगन्ज महानगरपालिकाको प्रमुखका उम्मेदवार विमलप्रसाद श्रीवास्तवलाई पनि आयोगले उम्मेदवारी किन रद्द नगर्ने भनी स्पष्टीकरण सोधेको छ। प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा शनिबार बसेको बैठकले उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री गच्छदार र उनी सम्बद्ध पार्टीका नेताकार्यकर्ताले वीरगन्जमा २० , २५ वटा गाडी र सय वटाभन्दा बढी मोटरसाइकलको र्‍याली÷जुलुस निकालेर आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको हो।
अन्नपूर्णपोष्टबाट

Skip This
Logo