काठमाडौं, २१, भदौ
सरकारले प्रदेशको अस्थायी राजधानी तोक्न गरेको ढिलाइले राजधानी तोकिने विषय नै विवादमा परेको छ । सरकारले राजधानी तोक्ने विषयमा छलफल गरिरहेको भन्दै चाँडै तोकिने बताए पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचन मिति घोषणा भइ सकेकाले अब अस्थायी राजधानी तोक्न नमिल्ने बताएको छ । "/>

अस्थायी प्रदेश राजधानी अन्योलमा

अस्थायी प्रदेश राजधानी अन्योलमा


काठमाडौं, २१, भदौ
सरकारले प्रदेशको अस्थायी राजधानी तोक्न गरेको ढिलाइले राजधानी तोकिने विषय नै विवादमा परेको छ । सरकारले राजधानी तोक्ने विषयमा छलफल गरिरहेको भन्दै चाँडै तोकिने बताए पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचन मिति घोषणा भइ सकेकाले अब अस्थायी राजधानी तोक्न नमिल्ने बताएको छ ।

प्रदेश राजधानी समयमै नतोकिदा संविधान कार्यान्वयनका लागि १० र २१ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी, प्रशासनिक र सुरक्षा तयारीमा समेत असर पुगेको छ । प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले राजधानी नतोक्दा केही फरक नपर्ने भन्दै अब निर्वाचित सरकारले सदरमुकाम तोक्ने भएकाले बर्तमान सरकारले तोक्न नमिल्ने बताए । ‘प्रदेश र संघको निर्वाचन मिति घोषणासँगै यो सरकार काम चलाउ सरकार हो यसले प्रदेशको अस्थायी राजधानी अब तोक्न पाउँदैन’ उपनेता नेम्वाङले भने, ‘आचारसंहिता अनुसार पनि अब तोक्न मिल्दैन अस्थायी राजधानी नतोक्दा केही फरक पर्दैन ।’
राजधानीबाट

Logo