काठमाडौं, २१, भदौ
तेस्रो चरणको स्थानिय चुनाव हुने प्रदेश २ अन्तर्गतका आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा उम्मेदवारको मनोनयनका लागि आज (बुधबार) उम्मेदवारी दर्ता हुँदैछ । "/>

प्रदेश नं. २ मा मनोनयन आज

प्रदेश नं. २ मा मनोनयन आज


काठमाडौं, २१, भदौ
तेस्रो चरणको स्थानिय चुनाव हुने प्रदेश २ अन्तर्गतका आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा उम्मेदवारको मनोनयनका लागि आज (बुधबार) उम्मेदवारी दर्ता हुँदैछ । बिहान १० देखि ५ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगले मनोनयनको अघिल्लो दिन (मंगलबार) पत्रकार सम्मेलन गरेर निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको बताएको हो ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले तीन चरणमा गराएर भए पनि सबैको सहभागितामा स्थानीय तह निर्वाचन सम्पन्न हुने वातावरण बन्नु उपलब्धि मूलक भएको उल्लेख गरे । ‘तीन चरणमा गरेर भए पनि स्थानीय तह निर्वाचनमा सबै दलको सहभागिता हुनु सकारात्मक कुरा हो, यसलाई उपलब्धि मूलक मान्नुपर्छ,’ प्रमुख आयुक्त यादवले पत्रकार सम्मेलनमा भने ।
राजधानीबाट

Logo