१५ माघ २०७८ शनिबार
1
1
1

0 Shares

सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला

1
1
1
1
1
1
1
1
1

धनगढी । टिकापुर प्रकरणमा मुख्य दोषी मानिएका सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय तोकिएको छ । जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासले प्रतिधिधिसभा सदस्य रेशम चौधरी सहित ११ जनालाई जन्मकैदको फैसला सुनाईएको हो ।

२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा परी १ नाबालक र ८ प्रहरीको ज्यान गएको थियो। उक्त मुद्धाको सुनुवाई गर्दै अदालतले रेशम चौधरीसहित ११ जनालाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (३) बमोजिम जन्म कैदको सजाय तोकिएको हो ।

लक्ष्मण थारुलाई भने ३ वर्ष कैद सजाय सुनाएको छ । उनले तीन वर्ष जेल बसिसकेकाले आजै रिहा हुने भएका छन् । त्यस्तै प्रतिवादी मध्ये श्रवण चौधरी नाबालक देखिएकाले उनलाई आधा सजाय अर्थात १० वर्ष कैदको फैसला गरिएको हो ।

उक्त मुद्दामा वादी नेपाल सरकारका तर्फबाट जिल्ला न्यायधिवक्ता बिष्णु पौडेल र सहायक न्यायधिवक्ता लक्ष्मी शर्माले बहस गरेका थिए। प्रतिवादीका तर्फबाट दर्जन बढी कानून व्यवसायीले बहस गरे ।

टीकापुर घटनाका मुख्य आरोपीका रूपमा रहेका रेशम चौधरी घटनापश्चात् भूमिगत अवस्थामै कैलाली क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा निर्वाचित भएका थिए।

निर्वाचित भएको एक वर्षपछि उनलाई सपथ ग्रहण गराइएको थियो। हाल उनी कारागारमा छन्। सांसद चौधरीसहित घटनामा हालसम्म २६ जनालाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ भने ३२ जना अझै फरार रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २२ फागुन २०७५ १३:४८ बुधबार

1
1
1
1
1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी