४ जेठ २०७९ बुधबार
1
1
1
1

गण्डकी मेडिकल कलेजका सिइओ र परीक्षा नियन्त्रक ठगी मुद्दामा पक्राउ

1
1
1
1
1
1

काठमाडौं

जिल्ला प्रहरी कार्यालय कास्कीले गण्डकी मेडिकल कलेजका सिईओ र परीक्षा नियन्त्रकलाई ठगी गरेको आरोपमा पक्राउ गरेको छ । प्रहरीले कलेजका सिईओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मालाई पक्राउ गरेको हो ।

कलेजले सरकारले तोकेको शुल्कसीमा विपरीत मनपरी रुपमा विद्यार्थीबाट रकम असुलेको भन्दै ठगी मुद्धामा विद्यार्थीको उजुरीपछि अदालतको अनुमति लिएर उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

विद्यार्थीको उजुरीपछि प्रहरीले गण्डकी मेडिकल कलेजका सञ्चालक खुमा अर्यालसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीले विद्यार्थीको उजुरीका आधारमा सञ्चालक अर्याल, प्रिन्सिपल रवीन्द्र श्रेष्ठ, लेखा प्रमुख यूवराज शर्मा, लेखाकै हरिमाया पौडेल, कृष्ण घिमिरे र प्रशासनका दिनेश पौडेलविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । उनीहरु विरुद्ध मंगलबार उजुरी दर्ता भएको थियो । यसका साथै विद्यार्थीले बुधबार थप १० जनाविरुद्ध पनि उजुरी दिएका थिए ।

विद्यार्थीहरुले बुधबार कलेजका सिईओ सन्तोष खनाल, कर्मचारीहरु तिलक पौडेल, कृष्ण पौडेल, लक्ष्मणप्रसाद शर्मा लगायत विरुद्ध उजुरी दिएका थिए । विद्यार्थीको उजुरी लगत्तै अदालतको अनुमति लिएर पक्राउपुर्जी जाहेर गरेको प्रहरीले बुधबार नै कलेजका सिईओ खनाल र परीक्षा नियन्त्रक शर्मालाई पक्राउ गरेको हो ।

सरकारले उपत्यकाबाहिरको मेडिकल कलेजलाई एमबिबिएसमा ४२ लाख शुल्क तोकेको छ । तर कलेजले विद्यार्थीबाट उक्त रकम भन्दा १५ लाखसम्म बढी रकम असुलेको विद्यार्थीको आरोप छ ।

प्रकाशित: २४ फागुन २०७५ ०६:३५ शुक्रबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी