आईएमईको छक्का–पञ्जा योजना सार्वजनिक

आईएमईको छक्का–पञ्जा योजना सार्वजनिक


काठमाडौं, ११ भदौ, आईएमईले आगामी दशैं, तिहार र छठपर्वलाई लक्षित गरी आईएमई छक्का–पञ्जा अफर सार्वजनिक गरेको छ । भदौ १२ गतेदेखि मंसिर ३ गतेसम्म संचालन हुने यो कार्यक्रममा स्वदेश र विदेश बसेका ब्यक्तिहरु सहभागी हुन सक्नेछन् ।

योजना अवधिभर दैनिक लक्की ड्र बाट ६० जनालाई १ सय रुपैंया बराबरको आईएमई पे क्यास, हरेक १५/ १५ दिनमा १/१ जना भाग्यशालीलाई ६ लाखको जीवन बीमा र हरेक ६/६ हप्तामा १/१ जनालाई १० लाख रुपैंया नगद प्रदान गरिनेछ । यो योजना अन्तर्गत अन्तर्राष्ट्रिय/आन्तरिक कारोबारको हकमा पैसा पठाउने सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा विजेता छानिनेछ । अन्तर्राष्ट्रिय कारोबारको हकमा विजेताले इच्छाएको नेपालमा बस्ने आफन्तलाई पुरस्कार प्रदान गरिनेछ ।

कम्पनीले सेवा शुरु भएको १७ औं वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ५५ आईएमई सेन्टर सहित ७५ जिल्लाका ६ हजार ४ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् वितरण गर्दै आईरहेको छ ।

 

Logo