नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा

नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा


केन्द्रबिन्दु डेस्क । काठमाडौं, ७ भदौ ।

काठमाडौंमा संचालन भइरहेको पन्ध्र वर्षमुनिको साफ (साफ यु–१५) च्याम्पियनसिपअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग २–१ गोल अन्तरले पराजित भएको छ । जितसँगै भारत समूह बीको विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्लेक्सको खेल मैदानमा भएको खेलमा भारतका कप्तान विक्रम प्रताप सिंहले २७ औँ मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । ४१ औँ मिनेटमा रोशन राना मगरकोे गोलबाट खेललाई बराबरीमा पुर्याए ।

पहिलो हाफ एक–एक गोलको बराबरीमा रोकिए पनि ६५ औँ मिनेटमा भारतका रवीबहादुर राणाले गोल गर्दै अग्रतालाई दोब्बर बनाए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र खेल भारतले २–१ गोल अन्तरले जित्यो ।

नतिजासँगै नेपाल समूह ‘बी’को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ ।

यसअघि नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ६–० गोल अन्तरले र पराजित गरेको थियो ।

Logo