झापा, ७ भदौ ।
चलचित्र ‘हामी शरणार्थी’ भदौ ८ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

भुटानी शरणार्थीको कथावस्तुमा आधारित ‘हामी शरणार्थी’ भदौ ८ गतेदेखि देशभरका सिनेमाहलमा एकसाथ प्रदर्शनमा आउने भएको झापाको बिर्तामोडमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी चलचित्र निर्माण पक्षले जानकारी दिएको हो । "/>

‘हामी शरणार्थी’ भदौ ८ गते देखि

‘हामी शरणार्थी’ भदौ ८ गते देखि


झापा, ७ भदौ ।
चलचित्र ‘हामी शरणार्थी’ भदौ ८ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

भुटानी शरणार्थीको कथावस्तुमा आधारित ‘हामी शरणार्थी’ भदौ ८ गतेदेखि देशभरका सिनेमाहलमा एकसाथ प्रदर्शनमा आउने भएको झापाको बिर्तामोडमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी चलचित्र निर्माण पक्षले जानकारी दिएको हो । कार्यकारी निर्माता कृष्ण पोखरेलले आफ्नो देशबाट लखेटिएर शरणार्थीको रुपमा बस्नुपर्दाको पीडा, भोग्नुपरेको सास्तीलाई पर्दामा उतारिएको जानकारी दिए । “आफ्नो थातथलो छाडेर विदेशीभूमिमा बस्नुपर्दाको पीडालाई समेटेर फिल्म निर्माण गरेका छौँ”, उनले भने, “फिल्मको उद्देश्य भुटानी शरणार्थीको पीडालाई राष्ट्रिय, अन्तरराष्ट्रियस्तरमा पु¥याउनु हो ।”

निर्माता/कलाकार प्रकाश शिवाकोटीले विजय केरुङले २० वर्ष लगाएर तयार पारेको शोधपत्रको आधारमा चलचित्र निर्माण गरिएको जानकारी दिए । पत्रकार सम्मेलनमा कलाकार दिलीप लिम्बूले चलचित्र एकपटक हेरेर मूल्यांकन गरिदिन आग्रह गरे । ९५ लाखको लागतमा निर्माण गरिएको ‘हामी शरणार्थी’ दुई घण्टा ५२ मिनेट लामो रहेको छ । चारवटा गीत रहेको चलचित्रमा संगीत उत्तमजंग लिम्बूको, नृत्य निर्देशन कमल राई, छायाँकन सौरभ लामा र द्वन्द्व निर्देशन हिमाल केरुङले गरेका छन् । चलचित्रमा नायक जीवन भट्टराई, नायिका शिल्पा पोखरेल, कलाकार नयन घिमिरे, विक्रम श्रेष्ठ, भूमिका उप्रेती, प्रतिमा रसाइलीलगायतले अभिनय गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । रासस

Logo