क्यान्सरपीडितको चित्कार: दुई छाक तार्ने पैसा छैन किमो कसरी चलाउनु !

क्यान्सरपीडितको चित्कार: दुई छाक तार्ने पैसा छैन किमो कसरी चलाउनु !


काठमाडौँ, २ भदौ । ‘बाच्ने इच्चा हुँदा हुँदै पनि बाच्न पाउला जस्तो छैन। भएको पैसा सबै सकिएर कोठा भाडा नै तिर्न नसक्ने अबस्था आइपुगे। स्कुलबाट बिल आएको आइ छ, आफू कहिले हस्पिटल त कहिले कोठामै थला पर्नु पर्ने अबस्था छ । सायद तपाईंहरुको लागि थोरै पैसा नै मेरो लागि ठूलो हुनेछ। थोपा थोपा मिलेर समुन्द्र बन्छ।त्यसैले जति सक्नु हुन्छ आफ्नो क्षमता अनुसार सहयोग गर्नुस ।’

यो चित्कार २८ बर्षीय क्यान्सरपीडित सरोज कृष्ण गमालको हो । मकवानपुरको थाहा नगरपालिका १० चित्लाङका गमालले विगत दुई बर्षदेखि ललितपुरको जावलाखेलस्थित नेशनल क्यान्सर हस्पिटलमा उपचार गर्दै आएका छन् ।

गमालको छातीमा क्यान्सर भएको हो । यसले गर्दा उनको फोक्सो र ढाडमा समेत समस्या आउने गरेको छ । सुरुमा ढाड दुखेको भनेर उपचार गर्दै आएका उनले क्यान्सर भएको थाहा पाउन पनि निकै समय लागेको बताए । “विभिन्न अस्पतालहरु चहार्दा पनि समयमा रोग पत्ता नलाग्दा खर्च पनि बढी भयो, रोग पनि फैलियो ।” उनले भने । 
 
गमालले आफ्नो कमाई र ऋणले दुई बर्षसम्म उपचार गर्दै आए पनि अब असम्भव भएकाले दयालु महानुभावहरुलाई सहयोगको अपिल गरेका छन् । “म जस्ता पीडित कयौ होलान त्यसैले मैले आफूले सकेसम्म उपचार गर्दै आए तर अब मसँग उपचार गर्न सक्ने क्षमता सकिसक्यो त्यसैले दयालु हातहरुको खोजीमा छु ।” गमालले भने । 
 
ललितपुरको इमाडोलमा सानो मिठाई पसल चलाएर परिवार पाल्दै आएका गमाल थलिएपछि परिवारले समेत निकै दुःख पाएका छन् । “अस्पताल बस्नु परेकाले यो साउन महिनामा एक हप्ता पनि पसल खोल्न पाएन ।” गमालकी पत्नी अम्बिका गमालले भनिन् । पसल बन्द गर्नुपर्दा आम्दानी मात्र रोकिएको छैन सामानहरु समेत बिग्रिन गरेकोे गमालले बताईन । श्रीमान बिरामी भएर पसलमा बस्न नसक्ने भएपछि अम्बिका एक्लैले घर ब्यवहार पसल धान्दै आएकी थिइन । तर दुबै जना अस्पताल बस्न परेपछि उनीहरुको आम्दानीको स्रोत समेत सुकेको छ ।  
 
आम्दानीको एउटै स्रोत पसल बन्द भएपछि केही महिनादेखि कोठा भाडा तिर्न नसकेकोे गमाल दम्पत्ती बताउछन् । “सटर र कोठाको भाडा तिर्न सकेको छैन, पसलका लागि ल्याईएको सामानको पैसा पनि तिर्न पाएको छैन ।” बिरामी गमालले पीडा पोखे ।  “यता आफ्नो परिवार हेरौ कि, उता गाउँमा आमा बुवा हेरौ कि आफ्नै उपचार गरौ निकै समस्यामा छु ।” स्ल्याइन जोडिएको हातले टाउकोको पसिना पुछ्दै पीडित गमालले दुखेसो पोखे । आप्mनो भन्दा पनि भर्खर चुलबुल गर्न थालेकी छोरीको भविष्य देखेर चन्तित देखिन्थे गमाल ।
 
बुबालाई सधै अस्पताल लानुपर्ने भएपछि उनीहरुका एक मात्र छोरी पनि स्कुल जान पाएकी छैनन् । ४ बर्षीय छोरीको पनि अस्पतालमै बास भएको छ । अस्पतालमा ति कलिला नानी बिरामी बाबुसँगै बेडमा सुत्न बिवस छन् । गमाललाई अलि गाह्रो हुने बित्तिकै अस्पताल जानुपर्छ । मासिक हजारौ रुपैंयाको औषधि किन्नुपर्छ । तीन हप्ताको एक पटक किमो चलाउनु पर्छ । एउटा किमोको १२ देखि १५ हजार रुपैंयासम्म पर्छ ।
 
औषधि र आउजाउ भाडा तिर्न पनि मुस्किल छ उनलाई । गमालले आफ्नो बाँकी जीवन यस्तै पीडितहरुको सेवामा समर्पित गर्ने चाहना राखेका छन् । गमालले सहयोग गरि दिन सबैलाई बिन्ति गरेका छन् । 
 
गमाल परिवारको पीडामा मल्हम लगाउन चाहनु हुन्छ भने प्रभु बैंकमा अम्बिका गमालको नाममा रहेको खाता नम्वर ००४०१०००९२४७३४०००००१ मा रकम जम्मा गर्न सक्नु हुनेछ । साथै भेटेर सहयोग गर्न चाहनु हुन्छ अथवा थप बुझ्न चाहनु हुन्छ भने ९८१४२०६९०४ र ९८४९९३६९६७  नम्वरमा सम्पर्क गर्न सक्नु हुन्छ ।

Logo