आयो आइपिओ, १० कित्ता पक्का !

आयो आइपिओ, १० कित्ता पक्का !


काठमाडौँ । के तपाइँ आइपिओको खोजीमा हुनुहुन्छ ? उसोभए तपाईको लागि सुखद खबर छ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले आज साउन २७ गतेदेखि आईपिओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरको तीन करोड ९० लाख रुपैयाँ बराबरको तीन लाख ९० हजार कित्ता आइपीओ बिक्रि गर्ने लागेको हो । आईपीओमा लगानीकर्ताले आज साउन २७ गतेदेखि छिटोमा साउन ३२ र ढिलोमा भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरुबाट आश्वाबाट मात्र आवेदन दिन सक्नेछन् ।

कम्पनीले धितोपत्र बोर्डको नयाँ बाँडफांड नियम अनुसार सबैलाई १० कित्ता वितरण गर्नु पर्नेछ ।तर लनीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्  । तर जानकारहरु सबैलाई १० कित्त्ता वितरण गर्नुपर्ने अबस्थामामा ५० कित्ताका लागि मात्र आबेदन दिंदा उपयुक्त हुने बताउछन । 

सर्वसाधरणलाई सेयर निष्काशन गरे पश्चात कम्पनीको चुक्ता पूँजी २६ करोड रुपैंया पुग्नेछ ।

Logo