२ जेठ २०७९ सोमबार
1
1
1
1

भीम रावलको नाममा छ्यापछ्याप्ती नक्कली आईडी

1
1
1
1
1
1

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रावल यतिबेला चर्चामा छन् । सरकारले सीके राउतसँग गरेको ११ बुँदे सहमति र विप्लव समूहमाथि लगाएको प्रतिबन्धपछि रावल चर्चामा आएका हुन् ।

रावलले उक्त कदमको चर्को विरोध गर्दै आएका छन् । सीके राउतसँग गरिएको सम्झौताले विखण्डनकारीलाई झन प्रसय मिलेको भन्दै रावल चर्को विरोध गर्दै आएका हुन् । आफ्नै पार्टीको सरकार हुँदा पनि विरोधमा उत्रिएपछि उनी झन चर्चाको शिखरमा पुगेका छन् । सामाजिक सञ्जालदेखि लिएर मिडियामा समेत उनी छाएका छन् ।

सामाजिक सञ्जालमा उनका नक्कली आईडी र फ्यान ग्रुपहरु बनेका छन् । रावलका नक्कली आईडीबाट जथाभावी कुराहरु पोष्ट हुन थालेपछि रावल समस्यामा परेका छन् । त्यस्ता नक्कली आईडीविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

भीम रावलको नाममा फेसबुक पेज चलाएर तथानाम लेख्नेहरूलाई क़ानूनी कारवाहीका लागि प्रहरीको साईवर सेलमा निवेदन दर्ता गरिएको हो । उनको विभिन्न आईडीबाट भ्रामक पोष्टहरु आईरहेका छन् । भीम रावलको आधिकारीक ट्वीटर आईडी र फेसबुकमा आएका समाचारलाई मात्र आधिकारित मान्न सबैलाई अनुरोध गरिएको छ ।

 

प्रकाशित: ३० फागुन २०७५ १६:३९ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी