आमासी फिल्मकी अभिनेत्री तथा गायिकाले गरिन् आत्महत्या

आमासी फिल्मकी अभिनेत्री तथा गायिकाले गरिन् आत्महत्या


एजेन्सी : आसामी फिल्मकी अभिनेत्री तथा गायिका बिदिशा बेजबरुआको सोमबार मृत्यु भएको छ । थुप्रै स्टेज शो समेत गरिसकेकी बिदिशा आसामकी चर्चित टेलिभिजन प्रस्तोता समेत हुन् । रणवीर कपूर अभिनित फिल्म जागा जासूसमा उनी पछिल्लो समय देखिएकी थिइन् ।

उनको शव सोमबार घरको पंखामा झुन्डिएको अवस्थामा भेटिएको डिसीपी दीपक सहारनले बताएका छन् । उनी आफ्ना श्रीमानसँगै गुडगाउँमा बस्दै  आएकी थिइन् । बिदिशाका बाबुले पतिसँग उनको सम्बन्ध बिग्रिएको र छोरीले पछिल्लो समय फोन उठाउन खोजेको प्रहरीलाई जानकारी गराएका छन् ।

श्रीमानसँगको बिग्रिएको सम्बन्धमा कारण उनी चरम शोषणमा परेको र यही कारणले उनले डिर्भोसको तयारी समेत गरिरहेको जानकारी पारिवारिक स्रोतले दिएको छ ।

प्रहरीले उनका श्रीमान विरुद्ध बिदिशालाई आत्महत्याका लागि  उक्साएको मामिलामा मुद्दा दायर गरेको छ । १४ दिनअघि मात्रै विदिशाले एक प्रतिष्ठित कम्पनीमा काम सुरु गरेकी थिइन् । सञ्चारमाध्यमका अनुसार उनको बिहे गुजरात बस्ने निशित झासँग भएको थियो ।

उनको प्रेम विवाह भएको थियो  । तर बिदिशाको फिल्म क्षेत्रमा रहिरहने निर्णयमा पति सहमत थिएनन् ।

Logo